गृहमन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने मेला, सभा, सम्मेलन तथा महोत्सव सञ्चालन नगर्न नगराउन निर्देशन दिएको छ।
मन्त्रालयले मातहतका कार्यालयहरूलाई सोमबार परिपत्र गर्दै सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यहि प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्न निर्देशन दिएको हो।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले गरेको सिफारिस अनुसार गृहले यस्तो परिपत्र गरेको हो। यस्तै अत्यावश्यक नियमित कार्यक्रम गर्नुपर्ने भए स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ।
आफ्नो जिल्लाका अवस्था हेरेर जिल्ला र स्थानीय तहको विश्लेषण गरी लचकता वा कडाई गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ।
यस्तै होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड ९मोबाइलमा फोटो भएपनि हुने० साथमा राख्ने र ति निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गतेदेखि लागू गर्ने व्यवस्थाका लागि सबै जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ।
यस्तो छ परिपत्र

