पुस २७, २०७८ मंगलबार

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रूपैयाँले नै बढेको छ । आज तेजाबी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले बढेको छ । आज चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।