नेप्से निरन्तर उकालो यात्रामा गएको छ । अघिल्लो दिन १९ दशमलव ४३ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज पनि बढेको छ । नेप्से आज ४९ दशमलव १९ अंकले बढेर २८ सय ३४ दशमलव १३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३४ अंकले बढेर पाँच सय २८ दशमलव ८७ अंकमा पुगेको छ ।
दुई सय ३२ कम्पनीको ७७ हजार १५ पटकको कारोबारमा एक करोड १९ लाख ७० हजार दुई सय १५ कित्ता सेयर किनबेच भएकोमा कुुल कारोबार रकम छ अर्ब ७२ करोड ४५ लाख २६ हजार एक सय ९७ रुपैयाँ पुुगेको छ ।
१३ वटा समूहको कारोबार भएकामा उत्पादनमूलक समूहको ३१ दशमलव २३ अंकले घटेर बाँकी समूहहरुको उच्च अंकले बढेको छ । सो मध्ये वाणिज्य बैंक समूहको तीन दशमलव ६४ अंकले बढेर १८ सय ५५ दशमलव ६८ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि पाँच सय ९७ दशमलव ७१ अंकले बढेर १५ हजार नौ सय ७८ दशमलव १६ अंकमा चढेको छ ।
निर्जिवन बिमा समूहको पनि तीन सय ३६ दशमलव २९ अंकले बढेर १३ हजार ४६ दशमलव ३७ अंकमा चढेकामा विकास बैंक, फाइनान्स, जलविद्युत्, होटेल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ७० रुपैयाँ ९० पैसाको सेयर कारोबार हुँदा माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ५२ प्रतिशतले घटेर ११ सय ७७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी आज अपि पावर लिमिटेडको प्रतिकित्ता पाँच सय १० रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा १६ करोड ८३ लाख २२ हजार छ सय ९५ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।