हिमालयन डिष्टिलरीको २१ औँ बार्षिक साधारणसभा आज बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा बिहान १० बजेबाट सुरु हुँदैछ ।
सभाले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्नेछ । पुस ६ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको थियो ।
कम्पनीको साधारणसभाले आज पारित गरेपछि उक्त लाभांश वितरण गरिने छ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस १६ गते बुक गरेको थियो त्यसैले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी डेढ अर्ब नाघ्ने छ ।