फागुन ५, २०७७ बुधबार

एजेन्सी।

 युवा स्टार किलियन एमबाप्पे चम्किएपछि पिएसजीले बार्सिलोनालाई उसकै घरमा पराजित गरेको छ । गएराति भएको च्याम्पियन्स लिगको खेल अन्तर्गत बार्सासामु पिएसजी ४-१ ले पराजित भएको हो।  

बार्सालाई उसकै घरेलु मैदानमा पराजित गर्न पिएजीका किलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे ।

 ३२, ६५ र ८५औँ मिनेटमा उनले गोल गर्दा पिएसजीका लागि मोइसे केनले खेलको ७०औँ मिनेटमाअर्को गोल गरे । 

सुरुवाती अग्रता भने बार्साले लिएको थियो उसका लागि लियोनल मेस्सीले खेलको २७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । तर, घरेलु मैदानमा बनाएका अग्रता बार्साले धेरैबेर टिकाउन सकेन । 

यता, बार्साविरुद्ध च्याम्पियन लिगमा पहिलो खेल खेलेका एमबाप्पेले पहिलो खेलमै ह्याट्रिक पूरा गरेका छन् । स्टार खेलाडी नेयमार र एन्जल डी मारियाबिना मैदान उत्रिएको पिएसजीले बार्सालाई घरेलु मैदानमै हराएको हो । 

अब खेलको दोस्रो लेगको खेल पिएसजीको मैदानमा हुनेछ । त्यसमा जितका लागि बार्सालाई चमत्कारी प्रदर्शन आवश्यक छ । 

हारका बाबजुत मेस्सीको रेकर्ड

उक्त खेलमा मेस्सीले व्यक्तिगत नयाँ रेकर्ड बनाएका छन् । उनले सन् २००५ देखि लगातार १७ सिजन च्याम्पियन लिगमा गोल गर्न सफल भएका छन् । यससँगै बार्साका लागि कुल गोलसंख्या ६५४ पुर्याएका छन् ।