पुस २८, २०७८ बुधबार

  बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा उतार चढाब आएको छ । सोमबार छापा वाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी,  तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।