पुस २८, २०७८ बुधबार

आज बुधबारको कारोबार सुरु भएको एक घण्टा समेत नपुग्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) सहित दुई कम्पनीको सेयर मूल्यमा सकारात्कम सर्किट ब्रेक लागेको छ । आजको कारोबारमा निफ्रा र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको समेत सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

आज निफ्राको सेयर मूल्य ३३ रुपैयाँ ९० पैसाले बढेर ३ सय ७२ रुपैयाँ ९० पैसा पुगेको छ भने कर्पोरेड डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य ५५ रुपैयाँले बढेर ६ सय ५ रुपैयाँ २० पैसा पुगेको छ । पछिल्लो समय दोस्रो बजारमा निफ्राको सेयर मूल्यमा उच्च गिरावट आएको थियो ।