पुस २८, २०७८ बुधबार

 गोदावरी नगरपालिका–३ स्थित नमूना खेलकुद क्लबका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको छ ।

गोदावरीस्थित नासा खेलकुद क्लबलाई नमस्ते किचनले ५० हजार रूपैयाँ बराबरको फुटबल जर्सीलगायत खेल सामाग्री प्रदान गरेको हो ।

बुधबार आयोजित कार्यक्रममा नमस्ते किचनका सञ्चालक दिनेश लामाले नासा खेलकुद क्लबका अध्यक्ष डम्बरबहादुर स्याङतान, सल्लाहकार चित्र लामालाई जर्सी तथा खेल सामग्री हस्तान्तरण गरेका हुन् ।