पुस २९, २०७८ बिहिबार

काठमाडौँ — विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका छन् ।


ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको यो पहिलो हो ।ब्याडमिन्टन संघका अध्यक्ष पूर्वराष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठले प्रिन्सको यो सफलताले नेपालीलाई गौरवान्वित बनाएको बताए । 
वरीयता प्रवेशपछि प्रिन्सको प्रदर्शन (आधिकारिक)

२०१९ अप्रिल : योनेक्स रोजा जुनियर इन्टरनेसनल सिरिज– राउन्ड ६४

२०१९ अप्रिल/मे : पेम्बानगुनान जय राय जुनियर ग्रान्ड प्रिम्स– राउन्ड ६४

२०१९ जुलाई : ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप– राउन्ड ३२

२०१९ अगस्ट/सेप्टेम्बर : इन्डिया जुनियर इन्टरनेसनल सिरिज– राउन्ड ३२

२०१९ सेप्टेम्बर : दुबई इन्टरनेसनल सिरिज– स्वर्ण

२०१९ सेप्टेम्बर : अन्नपूर्ण नेपाल इन्टरनेसनल सिरिज– सेमिफाइनल

२०१९ नोभेम्बर : योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज– राउन्ड ६४

२०१९ डिसेम्बर : योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिज– क्वार्टरफाइनल

२०२० जनवरी : प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल सिरिज– फाइनल

२०२० फेब्रुअरी/मार्च : डच जुनियर इन्टरनेसनल सिरिज– प्रिक्वार्टरफाइनल

२०२० मार्च : जर्मन जुनियर इन्टरनेसनल सिरिज– क्वार्टरफाइनल