पुस २९, २०७८ बिहिबार

केही मन्त्रीहरूमा कोरोना सङ्क्रमण देखिएको र केही कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रूपमा बस्दै आएको मन्त्रिपरिषद् बैठक अनिश्चित भएको छ । गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।


‘केही मन्त्रीहरूमा कोरोना सङ्क्रमण भएको छ, केही कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । त्यसैले आज पनि मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना छैन’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्रीज्यू पनि कन्ट्रयाक्ट ट्रेसिङमा हुनुहुन्छ । आज बिहीबार पीसीआर गरेपछि बल्ल थाहा हुन्छ ।’