पुस २९, २०७८ बिहिबार

कालिकोट, २९ पुस । बैंकमा खाता खोल्न हिँडेकी कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी ६० बर्षीया वृद्धा टिउकी बमको बीच बाटामै मृत्यु भएको छ ।

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जाँदै थिइन् । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।

१० किलोमिटर हिँडेर खाता खोल्न जानुपर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रूपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन् ।