पुस २९, २०७८ बिहिबार

काल्पनिक तस्बिर

महेन्द्रनगर । दार्चुलामा प्रहरीबीच नै झडप भएको छ । बुधबार मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो ।

प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच झडप भएको स्थानीय बताउँछन् । सवारी साधन चेकजाँचको विषयमा झडप भएको प्रहरी स्रोतले बतायो ।

स्रोतका अनुसार प्रहरी हवल्दार मदनसिंह धामी सामान्य घाइते भएका छन् ।  चौकीमा झडप भएकाबारे आफूलाई जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए ।

‘झडप भएको भन्ने जानकारी म कहाँ पुगेको छैन्,’ उनले भने, ‘समान्य विवाद भएको होला ।’