पुस ३०, २०७८ शुक्रबार

नेपाल मेडिकल काउन्सिलले स्नातकोत्तर तहको विषेश परीक्षा स्थगित गरेको छ । काउन्सिलले माघ १४ र १५ गते लिने भनिएको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरेको हो ।

काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै पछिल्लो समय देशभर बढिरहेको कोभिड–१९ का कारण परीक्षा सम्पन्न गर्न समस्या भएको जनाएको छ । काउन्सिलले कर्मचारी र पदाधिकारीको संक्रमण तथा नेपाल सरकारको परिपत्रअनुसार तोकिएको समयमा परीक्षा सम्पन्न गर्न कठिनाई भएको सूचनामा उल्लेख गरेको छ ।