माघ १, २०७८ शनिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म बाटो बनाएको भनी केही दिन अगाडि दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा र भर्त्सना गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आज एक विज्ञप्ति जारी गरेको छ ।

सङ्गठनका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दुःखीको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा भनिएको छ–‘ हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक कार्यक्रममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप हुने गरी तिब्बतको मानसरोवर पुग्नका लागि नेपालको भूभागमा पर्ने लिपुलेकसम्म सडक विस्तार भइसकेको भनी दिएको अभिव्यक्तिप्रति हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ र उक्त कार्यको हाम्रो सङ्गठन तीव्र निन्दा एवम् घोर भर्त्सना गर्दछ ।’ भारती शासक वर्गले यसअघि पनि नेपालको दर्जनौँ ठाउँको भूभाग मिचेको र नेपालमाथि अनेकौँ प्रकारले गरिएको हस्तक्षेपको पनि विरोध गरेको छ ।