माघ १, २०७८ शनिबार

जाकार्ता, माघ १ गते । इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण झण्डै ९०० घरका संरचनामा ठूलो क्षति भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।


 भूकम्पले मानवीय क्षति विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरूले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।    
    
 इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा  ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् ।    स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ ।