माघ १, २०७८ शनिबार

नयाँ दिल्ली । साउथ अफ्रिका सिरिजमा लज्जास्पद हार भएपछि विराट कोहलीले भारतीय टेष्ट क्रिकेटको कप्तानबाट राजीनामा दिएका छन् ।

विराट कोहलीले एक वक्तव्य जारी गर्दै यो कुराको जानकारी दिएका हुन् । उनले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै टेष्ट फर्मेटको कप्तान पदबाट राजीनामा दिएका हुन् ।