चैत २, २०७७ सोमबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हस्पटमाथि २-१ गोलको पुनरागमन जित निकालेको हो ।

आइतबार राति आर्सनलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा मार्टिन ओडेगार्ड, एलेक्स्जेन्डर लाकाजेटले समान १/१ गोल गरे यता टोटनह्यामका लागि एरिक लामेलाले गोल गरे ।

खेलको ३३ औं मिनेटमा एरिकले गोल गर्दै पाहुना टोली  टोटेनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए ।

पहिलो हाफ १-१ गोलको बराबरी अबस्थामा सकिएको खेलको दोस्रोको ६४ औं मिनेटमा एलेक्स्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा लामेलाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

उक्त जितसँगै आर्सनल २८ खेलबाट ४१ अंकसहित १०औं स्थानमा रहेको छ । यता पराजित टोटनह्याको भने समान खेलबाट ४५ अंकसहित सातौं स्थानमा रहेको छ ।