पोखराका लागि आइतबार बिहान १० बजे उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फर्किएको छ । जहाज उडेपछि प्राविधिक समस्या देखिँदा काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले बताए । जहाज काठमाडौं फर्किएपछि अलपत्र यात्रुहरूलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको छ ।