काठमाडौं । सेयर बजारमा आइतबार ६९ अङ्कले वृद्धि भएको छ ।
उक्त दिन बजार परिसूचक २९२६ अङ्कको बिन्दुमा पुगेर बन्द भएको छ । काराेबार रकम पनि वृद्धि भएको छ ।
आज ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर खरिदबिक्री भएको हो । उक्त दिन सबै समूह हरियाली बनेका छन् ।
उक्त दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ३६ करोड ४३ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अपि पावरको ३० करोड ४४ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
यस्तै, उक्त अपर तामाकोशीको २९ करोड ७४ लाख ६ हजार, शिवम शिमेन्टको २६ करोड ३३ लाख ७८ हजार र नेपाल इन्फ्रास्ट्रक्चरको २५ करोड ४१ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।