माघ ५, २०७८ बुधबार

पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो तथ्याङ हालसम्मकै उच्च हो ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले बुधबार भएको सङ्क्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । 


यसैबीच उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र  ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना सङ्क्रमित भएका छन् ।