माघ ६, २०७८ बिहिबार

काठमाडौँ । कोभिड–१९ सङ्क्रमित भई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीहरूमध्ये अहिले १ हजार ३८ जना आइसोलेसनमा छन् ।  तेस्रो लहर सुरु भएसँगै सबै सुरक्षा निकायले पूर्व सावधानी अपनाउन आन्तरिक सर्कुलर गरेका छन् ।

अहिले, सशस्त्र प्रहरीमा २ सय २१ जनामा सङ्क्रमण देखिएको छ ।


त्यस्तै, तत्काल नयाँ तालिम सञ्चालन नगर्न र सरकारले तोकेको ‘कोभिड प्रोटोकल’ पालना गर्न आन्तरिक सर्कुलर गरिएको सशस्त्र प्रहरीको मुख्यालयले जनाएको छ ।

५०४ जना प्रहरीमा सङ्क्रमण पुष्टि 

सुरक्षा संगठनमध्ये सबैभन्दा धेरै कोरोना सङ्क्रमण नेपाल प्रहरीमा फैलिएको छ । तेस्रो लहर सुरु भएसँगै बुधवार साँझसम्म ५ सय ४ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले बताए । नेपाल प्रहरी अस्पतालमा मात्र ६० जना स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  

३१३ सैनिक आइसोलेसनमा 

नेपाली सेनामा ३ सय १३ जना सैनिकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित ३ सय १३ सैनिकहरूलाई हस्पिटल, क्वारेन्टिन र होम आइसोलेसनमा राखिएको सैनिक प्रवक्ता सिलवालले बताए ।