माघ ६, २०७८ बिहिबार

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ । 

बिहीबार  १२ हजार ३ सय ३८ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ पुगेको हो। 

यीमध्ये ५५ हजार ८ सय ३६ जना होम आइसोलेसनमा छन् भने १ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

१ सय ८६ जनाको आइसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार गत २४ घण्टामा २७ हजार ४ सय ९७ जनाको परीक्षण गर्दा १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ६ सय ४९ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ। 

यसअघि हिजो २३ हजार ४ सय ९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो।