नेपाल स्टक एक्सचेन्ज-नेप्से सोमबार १८.०७ अंकले घटेर २ हजार ३ सय ८९ दशमलब १९ विन्दुमा झरेको छ। नेप्सेका अनुसार चार अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ बराबरको ९६ लाख ४ हजार पाँच सय २९ शेयर कित्ता कारोबार भएको छ।
चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर लिमिटेड, पन्चकन्या माई हाइड्रोपावर लिमिटेड र आँखु खोला जलविधुत् कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ। लगातार पोजेटिभ सर्किट लेभलमा कारोबार भइरहेको चन्द्रागिरी हिल्सको प्रति सेयर सोमबार ९ सय ७२ रुपैयाँमा कारोबार भयो।
सोमबार बैङ्किङ, विकाश बैंक, जलविधुत्, फाइनान्स, गैह्र जिवन बिमा, माइक्रो फाइनान्स, जिवन बिमालगायत समूहका सूचक घटेको छ। ट्रेडिङ, होटल तथा पर्यटनसहित ५ वटा समूहको सूचक मात्र बढेको छ।