काठमाडौं, १२ माघ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ज्ञानेन्द्र शाहीले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् ।
कार्यक्रममा बोल्दै अभियन्ता शाहीले १ वर्षको अवधिमा प्रत्यक्ष रूपमा राज्यलाई आफूले ५७ हजार २ सय ८० कर तिरेको बताएका छन् । उनले उक्त कर मध्ये ३० हजार तलव कर, २५ हजार ५ सय सवारी साधनको कर र १७ सय ८० रुपैयाँ बीमा कर बुझाएको जानकारी दिए । उनले उने,‘एकवर्षमा बुझाएको ५७ हजार २ सय रुपैयामा ३० हजार तलव, २५ हजार ५ सय सवारी साधन र १७ सय ८० रुपैयाँ बीमा करबापत बुझाएको छु ।’
आफ्नो आयश्रोतको बारेमा बताउँदै वार्षिक रूपमा ६ लाख रुपैयाँ आम्दानी रहेको शाहीले सुनाए । उनले भने,‘महिनाको ५० हजार रुपैयाँ तलव खान्छु ।’ उनले अन्य अनलाइन व्यवसायबाट ५६ दिनको आम्दानी १ लाख ६३ हजार २ सय ९१ रुपैयाँ गरेको पनि स्पष्ट पारे । उनले आफूसँग भएको सम्पत्तीको नाममा ५ औं ह्यान्ड गाडी ५ लाख रुपैयाँमा खरिद गरेर प्रयोग गर्दै आएको बताए । पैतृक सम्पत्ती आफ्नो जन्मस्थान जुम्ला र सुर्खेतमा नै भएको उनले सुनाए ।