फागुन ५, २०७७ बुधबार

एजेन्सि.
 भारतमा पहिलोेपक महिलालाई फाँसीको सजाय हुने भएको छ । भारत स्वतन्त्र भएपछि पहिलोपटक महिलालाई फाँसीको सजाय हुने भएको हो । 

अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको छ । फाँसीका लागि जेलर पवन जल्लादले दुई पटकसम्म फाँसीघरको निरीक्षण गरिसकेका छन् ।

२००८ को अप्रिल महिनामा शबनमले प्रेमीसँग मिलेर सातजनाको परिवारको हत्या गरेकी थिइन् । उक्त घटनामा जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मले फाँसीको सजायलाई यथावत राखेका छन् । शबनमले राष्ट्रपति समक्ष गरेको अनुरोधलाई पनि राष्ट्रपतिले खारेज गरिदिएसँगै फाँसीको बाटो खुलेको हो ।

अहिलेसम्म फाँसीको मिति तय भएको नभएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । जेल प्रशासनले तयारी सुरु गरेको छ, अदालतबाट मृत्युदण्डको मिति आउनेबित्तिकै उनलाई फाँसी दिइने बताइएको छ ।