मंसिर २५, २०७९ आइतबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताएकी छिन् । शनिबार  गैरआवासीय नेपाली संघको महिला विभागले आयोजना गरेको लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजले अझै महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार नगरेको विचार व्यक्त गरिन् । 


थापाले समाजमा रहेका लैंगिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरि हुने हिंसालाई सधैंको लागि अन्त्य गर्न जोड दिइन् ।