चैत ४, २०७७ बुधबार

एजेन्सी ; न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान रोस टेलरले बंगलादेशबिरुद्वको पहिलो एकदिवसीय गुमाउने भएका छन्। उनले घुडाको चोटको कारण बंगलादेशबिरुद्वको पहिलो एकदिवसीय खेल्ने छैनन। टेलरले पहिलो एकदिवसीय गुमाउने भएपछि न्युजिल्यान्डले उनको स्थानमा मार्क च्यापमनलाई टिममा बोलाएको छ।

टेलर शनिबारबाट सुरु हुने एकदिवसीय शृखंलाको पहिलो खेल नखेले पनि मंगलबार हुने दोस्रो एकदिवसीयसम्म ठिक हुने न्युजिल्यान्डको विश्वास छ। टेलर पहिलो एकदिवसीय नखेल्ने भएपछि न्युजिल्यान्ड बंगलादेशबिरुद्व दुई प्रमुख खेलाडी बिना नै खेल्ने भएको छ।यसअघि न्युजिल्यान्डका नियमित कप्तान केन विलियम्सन एल्बो इन्जुरीको कारण शृखंलाबाट बाहिरिएका थिए।