चैत ४, २०७७ बुधबार

चौतारा ; आगामी ७ मा हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचनका लागि होमबहादुर बस्नेतले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् । बुधबार १० बजेदेखि सुरु भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी परेको छैन ।

बस्नेत हालका बरिष्ठ उपाध्यक्ष हुन् । उनी क्षमादेवी ग्रुपसँग आवद्ध छन् ।
१७ सदस्यका लागि हुने मतदानमा हालसम्मा २२ जनाको उम्मेद्वारी दर्ता भएको छ । संघको कार्यसमितिको पदाधिकारीका लागि निर्वाचित सदस्यबाट प्रक्रियागत रुपमा छानिनेछ । उम्मेद्वारी दर्ता आज ५ बजेसम्म चल्ने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिए ।
उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनका नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । संघमा २ हजार ३२ सदस्य छन् ।