चैत ४, २०७७ बुधबार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागु हुने गरि  हुने गरी  सम्पुर्ण व्यवसायिक चालुपुजीँ कर्जाको अधिकतम प्रिमियम दर ०।५० प्रतिशतले घटाएको छ ।

बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३।२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २।७ प्रतिशत मात्रै हुने गरी तोकेको हो ।

बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालु पुजीँ जस्ता व्यवसायिककर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ । बैंकको
७७ वटै जिल्लामा २४७  वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।