एजेन्सी ; च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज इंग्लिस क्लब चेल्सीले ला लिगाको क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । एट्लेटिकोसँग घरेलु मैदानमा हुने चेल्सी र एट्लेटिकोबीचको खेल राति १:४५ बजे बाट सुरु हुनेछ । पहिलो लेगमा चेल्सीको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको १-० ले पराजित भएको थियो । उक्त खेलमा चेल्सीका ओलिभर जेरुडले निर्णायक गोल गरेका थिए । चेल्सीलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न अब बराबरीले पनि पुग्नेछ । एट्लेटिकोलाई भने अर्को चरणमा पुग्न दुई भन्दा बढीको गोल अन्तरको जित निकाल्नुपर्ने रहेको छ ।