चैत ४, २०७७ बुधबार

सामाजिक सञ्जाल

काठमाण्डौ ; नेपाली क्रिकेटको समर्थकहरुको सबैभन्दा ठुलो र पुरानो फेसबुक समुह ‘नेपाली क्रिकेट फ्यान अन फेसबुक’ नामक समुहले नेपाली क्रिकेटका लागि भएका हरेक गतिबिधिमा साथ दिने क्रममा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालाले केहि दिन अघिबाट संचालनमा ल्याएको ‘म बनाउछु मेरो रंगशाला’ अभियान अन्तर्गतको मेरो कुर्सी अभियानमा दोस्रो कुर्सी समुहको नाममा लिए पश्चात तेस्रो कुर्सि सुरक्षित गर्न आवश्यक रकम संकलन अभियान सुरु गरेको छ।

“दोस्रो कुर्सि पनि सुरक्षित गरिसकेकामा केही समयका लागि स्थगित गर्ने मनस्थित रहेका थियौ तर समुहका साथी तथा सहकर्मी साथीहरुले माग गरे पश्चात तेस्रो कुर्सीका लागि पनि अभियान सुरु गरेका छौ” समुहका सिनियर एडमिड सागर खरेलले बताउनु भयो।

“नेपाली क्रिकेटको विकास र सकारात्मक परिवर्तनमा यस समुहको सधै सकारात्मक र सहयोगि भुमिका रहेको छ। धुमुर्स सुन्तली फाउन्डेसनले सुरुवात गरेको रंगशाला बनाउन ठुलो कार्यको सानो तर महत्वपुर्ण साथका रुपमा यसलाई बुझ्न जरुरी रहेको छ।यस्ता सहयोग हरेक क्षेत्रबाट आउनु जरुरी रहेको छ ” खरेलले हामीसॅंगको संवादमा बताए।

यस अघि संकलित रकम छिट्टै नै फाउन्डेसनलाई हस्तान्तरण हुने उहाले बताउनु भयो। खरेलका अनुसार हामीले सबै साथीहरूलाई रकम पठाउन सजिलो हुन्छ भनेर बैंक अकाउन्ट सँगसँगै ईसेवा आडि 9869220154 मा रकम पठाउन सक्नु हुन्छ तथा ग्लोबल आईएमई बैंकको खाता नम्बर 9407010003328 रहेको छ । “यो दुइटा अकाउन्टबाट उठाइएको सम्पूर्ण रकम हरुको सबै विवरण दैनिक हामी स्कृनसर्ट यस ग्रुप मार्फत सार्बजनिक गर्नेछौ” खरेलले बताए।