काठमाडौं ; नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा नियमित सदस्य त्रिभुवन आर्मी क्लबका फरवार्ड भरत खवास फ्रेन्चाइज टिम एफसी चितवनको मार्की खेलाडीको रुपमा अनुबन्धित भएका छन् ।
नेपाल सुपर लिग एनएसएलको फ्रेन्चाइज टिम चितवनले बुधबार भरतलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो । यस्तै मेघराज केसीलाई चितवनले मुख्य प्रशिक्षको रुपमा अनुबन्ध गरेको छ । सहायक प्रशिक्षकमा शैलेश कर्माचार्य रहेका छन् ।
चितवनका मालिक सञ्जित ढकालले बुधबार भरत, मेघराज र शैलेशसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।