चौतारा : आगामी ७ मा हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचनका लागि ४२ जना सदस्यले मनोनयन दर्ता गराएका छन् ।
जम्मा १७ सदस्यका लागि हुने मतदानका लागि आज तोकिएको मनोनयन दर्तामा ४२ जनाको उम्मेद्वारी दर्ता भएको हो । मनोनयन दर्ता आज विहान १० बजेबाट साँझ ५ बजेसम्म तोकिएको थियो ।
त्यस्तै अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) निर्विरोध चयन भएका छन् ।आज १० बजेबाट सुरु भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्य कुनै पनि उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।
उनी समाजसेवीसमेत हुन् । सबै राजनीतिक दल आस्था राख्ने सदस्यहरुले उनलाई समर्थन गरेकाले अध्यक्षमा निर्वरोध भएका हुन् । यसअघिकाका सबै अध्यक्षहरुले पनि उनलाई अध्यक्षका लागि सघाउ गरेका थिए ।
संघको कार्यसमितिको पदाधिकारीका लागि सदस्यबाट प्रक्रियागत रुपमा मनोनित गरि छानिनेछ ।
उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनका नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । संघमा २ हजार ३२ सदस्य छन् । मनोनयन फिर्ता गर्नका लागि ६ गते विहान १० गतेसम्म समय तोकिएको छ ।