एजेन्सी : जिम्बावेविरुद्धको ३ खेलको टि ट्वान्टी खेलको शृखंलाको पहिलो टी ट्वान्टी खेलमा अफगानिस्तान ४८ रनले विजयी भएको छ ।
जितसँगै अफगानिस्तानले शृखंलामा १-० को अग्रता बनाएको छ।
युएईको आबुधाबी स्थित शेख जायत मैदानमा टस हारेर पहिले ब्याटिङको गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९८ रन बनायो।
उसका लागि १९ वर्षीय ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले शानदार ब्याटिङ गरे। उनले ४७ बलमा ७ छक्का र ६ चौकासहित ८७ रन बनाए। यो उनको तेस्रो टी–२० अर्धशतक हो।
कप्तान अस्गर अफगानले ५५, करीम जनतले २७, राशिद खान र मोहम्मद नाबीले ७–७ रन बनाए।
जिम्बाबेका लागि बलिङमा रिचर्ड नगारावा र ब्लेसिंग मुझारबानीले २–२ तथा रायन बुर्लको नाममा एक विकेट रह्यो।
जवाफमा जिम्बावे २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५० रनमा रोकियो ।
उसका लागि तिनाशेले सर्वाधिक ४४ रन बनाए भने कप्तान सिन विलियम्स र सिकन्दर राजाले समान २२–२२ रन जोडे ।
तर अरु खेलाडी सस्तैमा आउट हुँदा जिम्बावेले हार ब्यहोर्यो । बलिङमा अफगानिस्तानका रासिद खानले तीन विकेट लिए ।