एजेन्सी।
यूरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा आज राति डिफेन्डिङ च्याम्पियन्स बार्यन म्युनिखले लाजियोसँग प् घरेलु मैदानमा हुने खेलमा भिड्दै छ। खेल नेपाली समय अनुसार राति पौने दुई बजेबाट सुरु हुनेछ ।
पहिलो लेगमा ४-१ को फराकिलो जित निकालेको बार्यनले सहज जितका साथ अन्तिम आठमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रने छ ।
जर्मन बुन्डेसलिगाको शिर्ष स्थानमा रहेको बार्यनलाई हराउन लाजियोले कम्तिमा पनि चार शुन्यको जित निकाल्नुपर्नेछ ।
लाजियो सन् २००७ र ०८ को सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट भएको थियो । १० बर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा छनौट भएको लाजियोले पछिल्ला १५ वटा अवे खेलमा एक खेलमात्र जितेको छ ।