चैत ५, २०७७ बिहिबार

एजेन्सी : भारत र इंग्ल्याण्ड बिचको चौथो टिट्वान्टी खेल आज हुदैछ। 

पहिलो टिट्वान्टीमा फराकिलो जित हात पार्न सफल पाहुना टोलीले दोस्रो टिट्वान्टीमा भने घरेलु टोलीले जित निकाल्दै शृखंला १-१ को बराबरीमा ल्याएको थियो। तर मंगलबार भएको खेलमा जित निकाली पाहुना टोली इंग्ल्याण्डले शृखंलामा अग्रता बनाएको छ। 

चौथो खेलमा जित निकाल्दै भारतिय टिम शृखंलामा बरबरी गर्न चाहान्छ भने पाहुना टोली भने एक खेल अगाबै शृखंला आफ्नो नाममा ल्याउने सुरमा रहेको छ।  

खेल आज साझ ७:१५ मा भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा हुनेछ।कोरोना महामारीका कारण यस खेल पनि बन्द रंगशालामा खेलिनेछ ।

 दुवै टोलीको सम्भावित अन्तिम ११ यस प्रकारको रहको छ: 

 इंग्ल्याण्ड 

जेसन रोय,जस बटलर(विकेट किपर),डेबिड मलान,जोनी वेयस्ट्रो,ओयन मोर्गान(कप्तान),वेन स्टोक्स,साम करन,क्रिस जोर्डन,जोफ्रा आर्चर,मार्क वुड र आदिल रसिद 

 

भारत 

रोहित शर्मा,ईशान किसन,केएल राहुल,विराट कोहोली(कप्तान), श्रेयस अय्यर,रिषभ पन्त(विकेट किपर),हार्दिक पाण्ड्या,वासिंटन सुंदर,सार्दुल ठाकुर/दिपक चहर,भुवनेश्वर कुमार र युजवेन्द्र चहल