पेरिस सेन्ट जर्मेइन (पीएसजी) फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश रेको छ ।
घरेलु मैदानमा लिललाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
४१ औं मिनेटमा एम्बाप्पेले पेनाल्टी मार्फत गोल गरेपछि पहिलो हाफमा पीएसजीले २–० गोलको अग्रता बनाएको थियो ।
लिलले ७८ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न असफल हुँदा गोल अन्तर कम गर्ने अवसर गुमाएको थियो ।
तर, दोस्रो हाफको अतिरिक्त समयमा एम्बाप्पेले गोल गरेपछि पीएसजी ३–० गोल अन्तरले विजयी भयो ।