एजेन्सी : युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता जर्मनी क्लब बायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार बिहान सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै बायर्न क्वाटरफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिमले १/१ गोल गरे ।यता लाजियोका मार्को पारालोले एक गोल फर्काए ।अन्तिम आठको यात्रा तय गर्ने क्रममा बायर्नले समग्रमा ६-२ को जित निकाल्यो । बायर्नले पहिलो लेगमा ४-१ को जित निकालेको थियो ।
यस खेलसँगै च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने टिमको टुंगो लागेको छ ।