चैत ५, २०७७ बिहिबार

एजेन्सी : युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले सहज जित निकालेको छ ।

यो सँगै च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोलीको टुंगो लागेको छ ।

चेल्सीले स्पेनी क्लब एथ्लेटिको मड्रिडलाई पराजित गर्दै अन्तिम ८ को स्थान पक्का बनाएको हो । गए राति भएको खेलमा स्पेनको एट्लेटिको मड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब  क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा १–० गोल अन्तरले विजयी भएको चेल्सीले दोस्रो लेगमा २–० गोल अन्तरको जित दर्ता गर्दा समग्रमा ३–० को नतिजासहित अन्तिम आठमा स्थान बनाउन सफल रह्यो ।

चेल्सीलाई जिताउनका लागि हाकिम जिएचल ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दलाएका थिए ।

यसैगरी एमर्सन पाल्मेरीले अतिरिक्त समयको चौथो मिनेटमा गोल थपेपछि चेल्सी सहज जितका साथ अघि बढ्यो ।