एजेन्सी ; स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले इल्चेमाथि २–० गोलको सहज जित निकालेको हो । बुधबार राति भएको खेलमा सेभिल्लाले घरेलु मैदानमा इल्चेलाई हराएको हो ।
सेभिल्लाको जितमा युसेफ एन–नेसिरी र फ्रान्का भाज्क्वेजले समान एक–एक गोल गरे ।
खेलको ४३औँ मिनेटमा एन–नेसिरीले गोल गर्दै सेभिल्लालाई पहिलो हाफभरि अग्रता दिलाए । यस्तै खेल सकिन मात्र एक मिनेट बाँकी छँदा भाज्क्वेजले गोल गर्दै सेभिल्लालाई २–० गोलले जिताए ।
उक्त जितसँगै चौथो स्थानको सेभिल्लाले २७ खेलमा ५४ अङ्क जोडेको छ । ऊ साविक विजेता रियल मड्रिडभन्दा मात्र तीन अङ्कले पछि परेको अवस्थामा छ । रियल ५७ अङ्कसहित तेस्रो स्थानमा छ । यता पराजित इल्चे भने २४ अङ्कका साथ १७औँ स्थानमा छ ।