चैत ५, २०७७ बिहिबार


काठमाण्डौ।
आगामी बर्ष बैशाख ११ बाट सुरु हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी एफसीले प्रशिक्षकका रुपमा नाइजेरियाका टोपी फुजालाई अनुबन्ध गरेको छ ।

केही दिन अघि मात्र विशाल राईलाई मार्की खेलाडीको रुपमा टिममा अनुबन्ध गरएको धनगढीले फुजालाई प्रशिक्षकका रुपमा टोली मा अनुबन्ध गराएको हो । यस अघि चितवनले मेघराज केसीलाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।फुजाले नेपालको ए डिभिजन क्लब  मनाङ मस्र्याङ्दीलाई पनि प्रशिक्षण दिएका थिए ।

फुजाले यस अघि भारतमा पनि प्रशिक्षकका रुपमा काम गरेका थिए । सन् २००६ र २००७ मा उनकै प्रशिक्षणमा अफ्रिकन युनाइटेडले बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो ।प्रशिक्षणको राम्रो अनुभव भएका फुजालाई धनगढीले टिममा लिएको बताएको छ ।