एजेन्सी / युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको क्वाटरफइनल समिकरण पुरा भएको छ । गए राति साविको विजेता बायर्न म्युनिख र लण्डन क्लब चेल्सी विजयी भए सँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंग्गो लागेको हो ।
सधाझै यस पटक पनि केहि ठुला टोली बाहिरिएका छन् । भने केहि टोली अन्तिम आठको यात्रा तय गरेका छन् । यस पटक रोनाल्डो समिलित इटालियन क्लब युभेन्टस , मेस्सी समिलित स्पेनिस क्लब बार्सिलाना जस्ता ठुला टोली बाहिरि सकेका छन् । रोनाल्डोको युभेन्टस पोर्चुगिज क्लब र्पोटोसँग ४-४ गोल अर्थात अवे गोलको आधारमा बाहिरिदा, मेस्सीको बार्सिलोना साविको उप विजेता फ्रेन्च क्लब पेरिस सेन्टर जर्मनसँग ५-२ गोल अन्तरले पराजित हुदै बाहिरिएको हो । यस पटक इंग्लिस क्लबहरुको बर्चस्व रहेको ४ टोली सहभागी मध्य ३ टोली अन्तिम आठमा प्रवेश गर्दा म्यान्चेस्टर युनाईटेड भने समूह चरण बाटै बाहिरिएको थियो ।
त्यस्तै इटालियन क्लब भने कुनै पनि अन्तिम आठको यात्रा तय गर्न सकेनन्, यता स्पेनिस क्लब बाट रियलमात्रै अन्तिम आठमा पुगेको छ । जर्मनबाट दुई टोली पुग्दा पोर्चुगलबाट एक टोली र फ्रान्सबाट पिएसजी अन्तिम आठमा पुगेको छ । क्वाटरफाइनलको ड्र शुक्रबार सार्वजनिक हुनेछ ।
अन्तिम आठ पुग्ने टोली
र्पोटो (पोर्चुगल )
म्यान्चेस्टर सिटी (इंग्ल्याण्ड)
लिभरपुल (इंग्ल्याण्ड)
चेल्सी (इंग्ल्याण्ड)
रियल मड्र्डि (स्पेन)
बायर्न म्युनिख (जर्मन)
बोरुसीया डर्टमुण्ड (जर्मन)
पिएसजी (फ्रान्स)