चैत ५, २०७७ बिहिबार


काठमाण्डौ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको टिकट मूल्य तोकेको छ ।एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने प्रतियोगिताको टिकट मूल्य तोकेको हो ।

 सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर राखेको एन्फाले जनाएको छ ।दशरथ रंगशालामा हुने सो प्रतियोगिता चैत ९ देखि १७ सम्म हुनेछ ।

एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
 
प्रतियोगितामा नेपाल , बंगलादेश तथा किर्गिस्तान सहभागी रहने छन्।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा कुल ४ खेल हुनेछ ।