काठमाण्डौ।
१४ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल) आगामी २७ चैत्र बाट सुरु हुदैछ। १३ संस्करण पुरा गरिसकेको लिगले हाल सम्म धेरै खेलाडीलाई मौका दिईसकेकोमा हाल सम्म सर्वाधिक अर्धशतक बनाउने ४ खेलाडीहरुको सुची यसप्रकार रहेको छ :
४)सुरेश रैना
गत संस्करण व्यक्तिगत कारणले गर्दा नखेलेका रैना चेन्नाई सुपर किंग्सका महत्वपुर्ण खेलाडी हुन्।यस संस्करण पनि चेन्नाईमा अनुबन्धित रैनाले हालसम्म ३८ अर्धशतक बनाउदै यस सुचीको शीर्ष चारको पुछार(चौथो) मा रहेका छन्।
३)विराट कोहोली
लामो समयबाट भारतिय टोलीका कप्तान समेत रहेका रोयल च्यालेन्जर्स बैंग्लोरबाट १३ संस्करण आईपिएल खेलि सकेका कोहोलीले ३९ अर्धशतक पुरा गर्दै यस सुचीको तेस्रो स्थानमा रहेका छन्।
२)शिखर धवन
१३ संस्करणका बिचमा धेरै फ्रेन्चाईजी टिम पार गर्दै हाल दिल्ली क्यापिटल्सका ओपनरका रुपमा रहन पुगेका धवनले हाल सम्म ४१ अर्धशतक लगाउदै यस सुचीमा शिर्ष २ को पुछारमा रहन सफल रहेका छन्।
१)डेबिड वार्नर
विभिन्न टिम हुदै केहि समय यता सनराईजर्स हैदराबादको कप्तानी समाली रहेका वार्नर यस सुचीमा रहेका एक मात्र भारत बाहिरका खेलाडी हुन्। लिगमा ४८ अर्धशतक आफ्नो नाममा गराई सकेका वार्नर यस सुचीको शिर्षस्थानमा रहेका छन्।