चैत ५, २०७७ बिहिबार

तस्बिर - उत्सव

काठमाडौं ; नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा त्रिभुवन आर्मीका गोलकिपर विकेश कुथु  काठमाडौं रेजर्स फुटबल क्लबको मार्की खेलाडीको रुपमा अनुबन्धित भएका छन् ।

नेपाल सुपर लिग एनएसएलको फ्रेन्चाइज टोली काठमाडौंले बिहीबार विकेशलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।


यस्तै उक्त टोलीले बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षको रुपमा अनुबन्ध गरेको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।