चैत ५, २०७७ बिहिबार

तस्बिर - एन्फा

काठमाडौं : आगामी चैत १० गतेदेखि सुरु हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका लागि बंगलादेशको टोली आज बिहीबार नेपाल आईपुगेका छन् ।

बंगलादेशको ४० सदस्सीय टोली सोल्टी होटलमा बस्नेछ । त्यस्तै बंगलादेशी टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका सदस्य शिक्षित पराजुली,रुपेश अधिकारी लगायतले स्वागत गरेका थिए ।

एन्फाको आयोजनामा उक्त प्रतियोगितामा दशरथ रंगशालामा हुनेछ । त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । उक्त खेल चैत १२ गते हुनेछ । जसमा किर्गिस्तानको यू-२३ टोली हुनेछ । यश प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै विजेता टोली ५ हजार अमेरिक डलर पाउनेछन् , भने उपविजेता टोली ३ हजार अमेरिक डलर पाउनेछन् ।