चैत ६, २०७७ शुक्रबार

तस्बिर - एजेन्सी

काठमाण्डौ : घरेलु टोली भारतले ५ खेलको टिट्वान्टी शृखंला मा २-२ को बराबरी गरेको छ। 

गए राती सम्पन्न दोस्रो टिट्वान्टी खेलमा पाहुना टोली इंग्ल्याण्डलाई रोमान्चक रुपमा ८ रनले पराजित गरेको हो। 

टस हारेर पहिला ब्याटिङ गरेको भारतका सुर्यकुमार यादवले डेब्यु खेलमा नै बिस्फोटक ईनिङ खेले उनले मात्र ३१ बलमा ५७ रन बनाए भने श्रेयस अय्यरले ३७ तथा  रिषभ पन्तले ३० रनको मद्दतले भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।पाहुना टोलीका लागि जोफ्रा आर्चरले ४ तथा साम करन,आदिल रसिद,मार्क वुड र वेन स्टोकले समान १/१ विकेट लिए। 

 १८६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि वेन स्टोकले सर्वाधिक ४६ रनको पारी खेल्दा , जेसन रोयको ४० रन  बनाउदा टिम पुरा ओभर खेल्दै १७७ रनमा समेटिदा १७७ रन मात्र बनाउन सक्यो।उता भारतका लागि भने सार्दुल ठाकुरले ३ तथा हार्दीक पाण्ड्या र राहुल चहरले समान २/२ विकेट हात पारे भने तथा भुबनेश्वर कुमारले १ विकेट लिन सफल रहे। 


यि दुई बिचको पाचौ तथा निर्णायक अन्तिम टिट्वान्टी खेल शनिबार अहमदाबादमा हुनेछ।