काठमाडौं ।
युरोपा लिग फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति भएका सबै आठ वटै अन्तिम १६ का दोस्रो लेगका खेलपछि क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
इङ्गलिश क्लब आर्सनल अन्तिम आठमा पुग्दा अर्को इङ्गलिश क्लब टोटनह्याम हटस्पर भने बाहिरिएको छ । तर म्यानचेस्टर युनाइटेड पनि क्वार्टरफाइनलमा पुगेको छ ।
बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १–० ले पराजित भए पनि आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा हारपछि पनि आर्सनल समग्रमा ३–२ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा आर्सनलले ३–१ गोलको फराकिलो जित निकालेको थियो ।
१० खेलाडीमा सीमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले निर्णायक गोल गरे ।
को को पुगे क्वार्टरफाइनलमा
इङ्गलिश क्लबहरु म्यानचेस्टर युनाइटेड र आर्सनलसँगै स्पेनिश क्लबहरु ग्रानाडा र भिल्लारियाल पनि अन्तिम आठमा पुगेका छन् ।
त्यस्तै डाइनामो, आयाक्स र एएस रोमा पनि क्वार्टरफाइनलमा पुगेका छन् । त्यस्तै स्लाभिया प्राग पनि पनि क्वार्टरफाइनलमा पुगेको छ ।