फागुन २७, २०७८ शुक्रबार

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। २ दिने भ्रमणका लागि ३० फागुनमा नेपाल आउने छन् । उनी १ चैतमा फर्कने जनाइएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन् ।