चैत ६, २०७७ शुक्रबार


काठमाण्डौ। 
 नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा ठुलो क्रिकट समर्थकहरुको फेसबुक समुह (ग्रुप) नेपाली क्रिकेट फ्यान अन फेसबुक(एनसिएफएफ) ले  धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन  गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि `म बनाउँछु मेरो रङ्गशाला’ अभियान अन्तर्गत कुर्सि अभियानका लागि संकलन गरेको  रकम शनिबार फाउन्डेसनलाई हस्तान्तरण गर्ने भएको छ। 

फेसबुक ग्रुपका सदस्यहरुबाट रकम उठाईएको मा उसले  पहिलो   कुर्सी एनसिएफएफ को नाममा लेखाउन सफल भए पश्चात  दोस्रो कुर्सीका लागि आवश्यक रकम(रु१ लाख) फाउन्डेसनलाई निर्माणाधिन रंगशालामा नै पुगेर समुहका सिनियर सदस्य साथीहरुले सो रकम हस्तान्तरण गर्ने छन्। पहिलो  कुर्सीमा  समुहको आग्रह अनुसार फाउन्डेसनले पुर्व कप्तान पारस खड्काको जर्सी नम्बर ७७ को कुर्सीमा उक्त समुहको नाम लेखाउन तयार भएको हो।